एनपीएलमा अनलाइन सट्टेबाजी संलग्न आठ भारतीय नागरिक पक्राउ

काठमाडौं — नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका क्रममा अनलाइन सट्टेबाजीमा संलग्न आठ भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ कि उनीहरू बेटाकुलर डट लाइभ नामक अनलाइन प्लेटफर्ममार्फत खेलसँग सम्बन्धित आर्थिक कारोबारमा संलग्न रहेको आशंका गरिएको थियो।

पक्राउ पर्नेहरूको नाममा राजा यदुला, महेश बाबु, पण्डित श्रीनिवासुलु, सेख सोयब, नभिन मड्डेला, महमद रफी सेख, साईकुमार तम्मिसेट्टी र सेखचन्द बसल रहेका छन्। उनीहरूलाई काठमाडौं महानगरपालिका–१४, बल्खुबाट नियन्त्रणमा लिइएको हो।

यस क्रममा उनीहरूबाट १५ थान मोबाइल बरामद गरिएको र थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको जनाएको छ।

तपाईको प्रतिक्रिया