सामाजिक सञ्जालको प्रभावबीच मिडियाको काम चुनौतीपूर्ण बनेको छ, तर विश्वसनीय पत्रकारिताको बाटोमा अघि बढ्नुपर्छ — सञ्चारमन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सामाजिक सञ्जालको तीव्र प्रभावका कारण परम्परागत सञ्चारमाध्यमहरूको कार्यक्षेत्र चुनौतीपूर्ण बनेको बताउनुभएको छ । 

आइतबार सार्वजनिक सेवा प्रशारण एनटिभी वर्ल्डको औपचारिक शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री खरेलले सामाजिक सञ्जालको प्रभावले मिडिया क्षेत्रमा प्रतिस्पर्धा र जिम्मेवारी दुवै बढेको धारणा व्यक्त गर्नुभएको हो । 

“सामाजिक सञ्जालको प्रभावबीच परम्परागत मिडियाको काम चुनौतीपूर्ण बनेको छ, तर विश्वसनीय र जिम्मेवार पत्रकारिताको बाटोमा अघि बढ्नुपर्छ,” मन्त्री खरेलले बताउनुभयो । 

उनले एनटिभी वर्ल्ड च्यानलले विश्वसामु नेपालको पहिचान, संस्कृति र सकारात्मक सन्देश पुर्‍याउने विश्वास व्यक्त गरे। साथै, सार्वजनिक सेवा प्रशारण संस्थालाई सुदृढ बनाउन र गुणस्तरीय सामग्री उत्पादनका लागि सरकारले निरन्तर सहयोग गर्ने प्रतिबद्धता गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया