सुन–चाँदीको मूल्यमा लगातार वृद्धि, सुन प्रतितोला २ लाख ३८ हजार ४०० रुपैयाँ पुग्यो

काठमाडौं । नेपाली बजारमा आज पनि सुन–चाँदीको मूल्यमा वृद्धि भएको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार ४०० रुपैयाँमा पुगेको छ। बिहीबार सुन प्रतितोला २ लाख ३७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। महासंघका अनुसार आज चाँदी १० रुपैयाँले बढेर प्रतितोला ३ हजार २० रुपैयाँमा कारोबार भइरहेको छ।

सुन–चाँदीको मूल्यमा पछिल्ला दिनमा निरन्तर उतारचढाव देखिँदै आएको छ। अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य परिवर्तनले नेपाली बजारमा पनि प्रत्यक्ष असर पार्ने गरेको व्यवसायीहरूले बताउँदै आएका छन्।

तपाईको प्रतिक्रिया