बहुविवाह प्रकरणमा दोषी ठहर एमाले नेता पासाङ शेर्पा जेल चलान

काठमाडौं — बहुविवाहको मुद्दामा दोषी ठहर भएका नेकपा (एमाले) का नेता पासाङ शेर्पा जेल चलान भएका छन्। मंगलबार साँझ प्रहरीले उनलाई पक्राउ गरी बुधबार कारागार पठाएको हो।

जिल्ला अदालत काठमाडौंको आदेशअनुसार शेर्पालाई डिल्लीबजार कारागार चलान गरिएको हो। उनलाई प्रहरी टोलीले काठमाडौंको धुम्बाराही क्षेत्रबाट पक्राउ गरेको थियो।

बहुविवाह प्रकरणमा जिल्ला अदालत काठमाडौंले शेर्पालाई एक वर्ष कैद सजाय र पाँच हजार रुपियाँ जरिवाना तोकेको थियो। अदालतको आदेश कार्यान्वयनका क्रममा उनलाई कारागार पठाइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया