विपीन जोशीको गृहनगरमा शवयात्रा सुरु, महाकाली नदी किनारमा अन्त्येष्टि हुँदै

फाइल तस्बिर ।

कञ्चनपुर, – इजरायलमा हमासको आक्रमणपछि ज्यान गुमाएका कञ्चनपुरका विपीन जोशीको गृहनगरमा मंगलबार बिहान शवयात्रा सुरु गरिएको छ।

शवयात्रा कञ्चनपुरको भीमदत्त नगरपालिका हुँदै सुरु गरिएको हो। अन्तिम श्रद्धाञ्जली दिनका लागि स्थानीयवासीसहित नेपालका लागि इजरायली राजदूत पनि शवयात्रामा सहभागी भएका छन्।

विपीनको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि महाकाली नदी किनारको भुजेला घाटमा गरिने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ। सशस्त्र प्रहरीले सलामी अर्पण गर्ने तयारी गरिएको छ।

इजरायलमा अध्ययनका लागि गएका विपीन जोशी सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि बेपत्ता भएका थिए। उनी हमासद्वारा बन्धक बनाइएका मध्ये एक हुन् भन्ने खुलेपछि उनीबारे लामो समयसम्म अवस्था अज्ञात रह्यो।

यसअघि असोज २७ गते इजरायली अधिकारीहरूले जोशीको मृत्यु पुष्टि गरेका थिए। उनकाे शव असोज २९ गते (सोमबार) काठमाडौं ल्याइएको थियो। प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय झन्डा ओढाएर जोशीप्रति श्रद्धाञ्जली अर्पण गरेकी थिइन्।

तपाईको प्रतिक्रिया