एक तोला सुनको मूल्य २ लाख ३५ हजार , अहिलेसम्मकै उच्च विन्दुमा

काठमाडौं — नेपाली बजारमा सुनको मूल्य नयाँ रेकर्ड कायम गर्दै हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। मंगलबार सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले वृद्धि भई २ लाख ३५ हजार ४ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि सोमबार सुनको मूल्य २ लाख ३३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो भने आइतबार तोलाको दर २ लाख ३० हजार ६ सय रुपैयाँ थियो। यसरी लगातार मूल्य वृद्धि हुँदै गइरहेकाले सुन बजारमा चासो बढेको छ।

त्यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ। महासंघका अनुसार आज (मंगलबार) चाँदी तोलाको २ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि यही मूल्यमा चाँदी किनबेच भएको थियो।

तपाईको प्रतिक्रिया