नवनियुक्त चार मन्त्रीसहितको पहिलो मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी

काठमाडौँ — दोस्रो पटक मन्त्रिपरिषद् विस्तारपछि नवनियुक्त चार मन्त्रीसहितको पहिलो मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ। बैठकमा प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल, उर्जामन्त्री कुलमान घिसिङसहित हालै नियुक्त भएका मन्त्रीहरू महावीर पुन, जगदीश खरेल, अनिलकुमार सिंहा र मदन परियार सहभागी छन्।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति, प्रशासनिक विषय तथा मन्त्रालयगत प्राथमिकताहरूमा छलफल भइरहेको स्रोतले जनाएको छ। मन्त्रिपरिषद्ले केही नीतिगत निर्णयहरू गर्न सक्ने सम्भावना रहेको बताइएको छ।

तपाईको प्रतिक्रिया