५८ अंकले उकालो लाग्यो नेप्से, सात स्टकमा सकारात्मक सर्किट


काठमाडौं – नेप्से परिसूचक मंगलबार उच्च अंकले वृद्धि भई २६८२.२५ विन्दुमा पुगेर बन्द भएको छ। परिसूचक ५८.६३ अंकले बढेको हो।

यस दिन कुल ३२८ वटा स्टकको १ करोड १३ लाख ५३ हजार १४८ कित्ता सेयर ५ अर्ब २९ करोड २७ लाख ७३ हजार ९२५ रुपैयाँमा खरिदबिक्री भयो।

नेप्सेमा दोहोरो अंकको वृद्धि हुँदा सप्तकोशी डेभलपमेन्ट, जोशी हाइड्रोपावर, ग्रीन डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, भूगोल इनर्जी डेभलपमेन्ट र एसियन हाइड्रोपावर को सेयरमा सकारात्मक सर्किट लेभल पुगेको छ।

कारोबार रकमको आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी अग्रस्थानमा रह्यो। कम्पनीको ३८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। त्यसपछि युनिभर्सल पावर (१८ करोड), शिवम् सिमेन्ट (१६ करोड) र हिमालयन रिइन्स्योरेन्स (१५ करोड) क्रमशः अगाडि रहे।

कुल कारोबार भएका स्टकमध्ये २३८ को मूल्य वृद्धि भएको छ भने १४ वटाको मूल्यमा गिरावट आएको छ।

बजारको १३ वटा समूहगत उपसूचकहरूमध्ये सबै समूहमा हरियाली देखिएको छ। हाइड्रोपावर र नन–लाइफ इन्स्योरेन्स समूहको उपसूचक ३ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।

तपाईको प्रतिक्रिया