सरकारद्वारा तीन सचिवको पदस्थापनमा हेरफेर


काठमाडौं – सरकारले तीनजना सचिवको पदस्थापनमा हेरफेर गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार, हालसम्म गृह मन्त्रालयमा कार्यरत गोकर्णमणि दुवाडीलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ। दुवाडी भदौ २१ गते गृहसचिवका रूपमा नियुक्त भएका थिए। जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले उनकाे निवासमा आगजनीसमेत गरेका थिए।

त्यसैगरी, रक्षा सचिव रामेश्वर दंगाललाई गृह मन्त्रालयमा पठाइएको छ भने राष्ट्रिय योजना आयोगका सचिव सुमनराज अर्याललाई रक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ।

तपाईको प्रतिक्रिया