सौर्य एयरलाइन्स दुर्घटनाबारे न्यायिक छानबिन समिति बनाउने सरकारको संकेत

काठमाडौं, सरकारले सौर्य एयरलाइन्सको हालैको दुर्घटनाबारे थप अनुसन्धान गर्न न्यायिक छानबिन समिति गठन गर्ने तयारी गरेको छ।

बुधबार सिंहदरबारमा बसेको संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले यसबारे संकेत दिएका हुन्।

मन्त्री पाण्डेले सांसदहरूले उठाएको प्रश्न र समितिको निर्देशनका आधारमा दुर्घटनाबारे न्यायिक छानबिन आवश्यक देखिएको बताए। उनका अनुसार, यसअघि गठित छानबिन आयोगले सिर्फ सुरक्षा (सेफ्टी) पक्षमा केन्द्रित रहेर निष्कर्ष निकालेको हुँदा अब न्यायिक निष्कर्ष निकाल्ने खालको अनुसन्धान आवश्यक भएको हो।

सेफ्टी रिपोर्ट मात्र पर्याप्त छैन : मन्त्री पाण्डे

मन्त्री पाण्डेले बैठकमा भने, “मेरो बुझाइमा सेफ्टी इन्भेस्टिगेसन गरिएको छ, तर न्यायिक पक्षसँग सम्बन्धित केही विरोधाभासी (contradiction) कुरा पनि देखिएका छन्, जसको सम्बन्धमा हामी छलफल गरिरहेका छौं।”

उनका अनुसार, वर्तमान अनुसन्धानले समेट्न नसकेका कानुनी, नीतिगत वा नियामक पक्षबारे गहिरो मूल्यांकन गर्न न्यायिक समिति आवश्यक देखिएको हो।

गत साता सौर्य एयरलाइन्सको विमान उडानको क्रममा आकस्मिक प्राविधिक समस्या आएपछि आपतकालीन अवतरण गर्नुपरेको थियो। उक्त घटनाले नेपालमा हवाई सुरक्षा, नियमन र अनुगमन प्रणालीप्रति प्रश्न उठाएको थियो।

तपाईको प्रतिक्रिया