भारतमा विपक्षी नेता राहुल गान्धी प्रहरी नियन्त्रणमा

काठमाडौं । भारतमा विपक्षी दलका नेता राहुल गान्धीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। संसद् भवनबाट निर्वाचन आयोगसम्मको प्रदर्शनका क्रममा उनी नियन्त्रणमा परेका हुन्, बीबीसी हिन्दीले जनाएको छ।

गान्धीसँगै प्रियंका गान्धी र शिव सेना पार्टीका नेता सञ्जय राउतलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

लोकसभा निर्वाचन, महाराष्ट्र र हरियाणाको चुनावमा मतदाता नामावलीमा आयोग र भारतीय जनता पार्टीबीच धाँधली भएको आरोप लगाउँदै विपक्षी सांसदहरूले दिल्लीस्थित निर्वाचन आयोगको कार्यालय अगाडि जुलुस निकालेका थिए।

प्रहरीले अनुमतिविपरीत ठूलो संख्यामा मानिसहरू भेला भएकाले उनीहरूलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया