गोकर्णेश्वरको ग्रिल कारखानामा करेन्ट लागेर युवकको मृत्यु

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–५ नयाँबस्तीस्थित ग्रिल कारखानामा करेन्ट लाग्दा एक युवकको ज्यान गएको छ।

पर्सा जिल्ला घर भएका २८ वर्षीय इन्टियाज हवारीको आइतबार राति करेन्ट लागेर मृत्यु भएको हो। करेन्ट लागेर गम्भीर घाइते भएका हवारीको नेपाल मेडिकल कलेज, अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीको टोलीले आवश्यक अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया