कोशी प्रदेशमा लम्पी स्किन रोग पुनः फैलियो, खोप अनियमितताले समस्या थपियो


विराटनगर, — कोशी प्रदेशमा दुई वर्षपछि लम्पी स्किन रोग पुनः फैलिएको छ। झापामा सबैभन्दा बढी असर परेको छ जहाँ १४ हजारभन्दा बढी पशु सङ्क्रमित र ४१० मरेका छन्। मोरङ, इलाम र सुनसरीमा पनि रोग फैलिँदैछ।

दुई वर्षअघि खोप अभियानबाट रोग नियन्त्रणमा थियो, तर खोप नियमित नगरेकाले अहिले पुनः महामारी फैलिएको विज्ञहरूले बताएका छन्। प्रदेशमा वार्षिक करिब ८–१० लाख डोज खोप आवश्यक भएपनि यस वर्ष मात्र चार लाख डोज प्राप्त भएको छ।

वरिष्ठ पशु विकास अधिकृत डा. गङ्गाराम यादवका अनुसार, रोग फैलिनुअघि चैतभित्र खोप लगाउनु आवश्यक छ किनभने खोपले असर देखाउन करिब एक महिना लाग्छ। प्रभावकारी रोकथामका लागि प्रत्येक स्थानीय तहले बजेट छुट्याएर नियमित खोप कार्यक्रम सञ्चालन गर्नुपर्ने जोड दिइएको छ।

कोशी प्रदेशमा १३ लाखभन्दा बढी गाई भैंसी रहेका छन् र किसानहरूलाई नियमित खोपमार्फत संरक्षण दिनुपर्ने बताइएको छ।

तपाईको प्रतिक्रिया