चलचित्र विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो

काठमाडौँ । चलचित्र विधेयक २०८१’ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ।

बुधबार बसेको राष्ट्रियसभा बैठकले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलद्वारा प्रस्तुत गरिएको प्रस्ताव अनुमोदन गर्दै विधेयकलाई समितिमा पठाउने निर्णय गरेको हो।

समितिमा दफावार छलफलपछि विधेयकलाई पुनः बैठकमा प्रस्तुत गरिनेछ। चलचित्र क्षेत्रको नियमन, प्रवर्द्धन र सुधारका लागि सो विधेयक महत्वपूर्ण मानिएको छ।

तपाईको प्रतिक्रिया