सेयर बजार ४८ अंकले घट्यो

काठमाडौँ । चार वर्षपछि सेयर बजार उच्च विन्दुमा पुगेको चर्चा चुलिएपछि लगानीकर्तामा बेचबिखनको चाप बढेको देखिएको छ। त्यसको असरस्वरूप बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४७.९३ अंकले घटेर २९५४.५१ विन्दुमा झरेको छ।

बजार खुलेदेखि नै परिसूचक ओरालो लागेको थियो। मंगलबार नेप्से ३००२.०७ अंकमा बन्द भएको थियो, जुन पछिल्लो चार वर्षको उच्च बिन्दु मानिएको थियो।

बुधबारको कारोबारमा करिब १६ अर्ब ४४ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। कारोबार रकममा उल्लेखनीय वृद्धि भए पनि सूचकमा भने दबाब देखिएको हो।

आजको दिन बजारमा जम्मा २३ कम्पनीको शेयरमूल्य बढ्दा २२६ कम्पनीको मूल्य घटेको छ। म्युचुअल फन्ड र अन्य समूहबाहेक बाँकी सबै समूहमा गिरावट देखिएको छ। यद्यपि बजारमा कुनै पनि कम्पनीमा नकारात्मक सर्किट ब्रेकर लाग्नुपरेको छैन।

विपरीत रूपमा, सान्भी इनर्जी र ट्रेड टावर लिमिटेडको सेयरले भने सकारात्मक सर्किट सीमा पार गरेको छ।

आजको कारोबारमा हिमालयन रिइन्स्योरेन्स कम्पनी, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट जस्ता कम्पनीहरूको कारोबार उल्लेखनीय रह्यो।

तपाईको प्रतिक्रिया