विराटनगरमा नगरव्यापी समावेशी सरसफाइ सम्बन्धी सरोकारवाला बीच गहन छलफल

नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरूको विस्तार (Scaling of Citywide Inclusive Sanitation Service System Nepal) छलफलको क्रममा खिचिएको फोटो।

विराटनगर ,— नगरव्यापी समावेशी सरसफाइ अवधारणाका बिषयमा संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रम (UN- Habitat ) ले विराटनगर महानगरपालिका सँग छलफल गरेको छ । छलफलमा यु.एन.ह्याबिट्याटका CWIS प्राविधिक अधिकृत राजेश मानन्धरले विराटनगर महानगरपालिकाका उप–प्रमुख शिल्पा निरौला कार्कीसँग महानगरपालिका भित्रको सरसफाइको अवस्थाका बिषयमा जानकारी लिनु भएको थियो।
महानगरपालिकाका उप–प्रमुख कार्कीले नगरलाई सफा, सुन्दर र स्वच्छ राख्न ६४ सय घरधुरीलाई लक्षित गर्दै फोहोरपानी प्रशोधन केन्द्र सञ्चालनमा ल्याइएको जानकारी गराउनुभयो । जस अन्तर्गत हालसम्म करिब २ हजार ३०० घरधुरले सेवा लिईरहेका छन् ।

विराटनगर महानगरपालिका ,उप–प्रमुख, शिल्पा निराला कार्की।

साथै सरसफाइ नीतिलाई स्थानीय स्तरसम्म पु¥याउन महानगरले जनचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको र नागरिकको सहभागिताबाट यो प्रयासलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
महानगरपालिका भित्रका सबै वर्ग र समुदायलाई समेट्ने दिगो, सुरक्षित र समावेशी सरसफाइ सेवा प्रणालीका बिषयमा छलफल केन्द्रित थियो ।
कार्यक्रममा यु.एन.ह्याबिट्याटका CWIS प्राविधिक अधिकृत राजेश मानन्धरले नगरव्यापी समावेशी सरसफाइ अवधारणा र यसको सिद्धान्तहरुबारे प्रष्ट पार्नुभयो । उहाँले मानव मलमूत्र व्यवस्थापनको बिषयमा अनुसन्धान तथा प्रविधि विकासमा युएन ह्याबिट्याटको योगदान रहने बताउनुभयो । उहाँले शौचालयको सेप्टिक ट्याङ्कीहरूको अनुगमन र सेवा प्रवाह प्रभावकारी बनाउन मोबाइल एप्लिकेसन विकासको तयारी भइरहेको पनि जानकारी गराउनुभयो।

विराटनगर महानगरपालिकाको भवन ।

छलफलपछि सहभागी प्रतिनिधिहरूले महानगरपालिकाले सञ्चालनमा ल्याएको फोहोर प्रशोधन तथा ढल व्यवस्थापन केन्द्रको स्थलगत अवलोकन गरेका थिए । सो अवसरमा प्रशोधन केन्द्रको संरचना, कार्यप्रणाली, उपलब्धि तथा देखिएका चुनौतीबारे विस्तृत जानकारी लिइएको थियो । सहभागीहरूले यस्ता पूर्वाधारहरूले नगरको समग्र सरसफाइ सुधारमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे।

विराटनगर महानगरपालिका द्वारा सञ्चालनमा ल्याइएको फोहोर प्रशोधन तथा ढल व्यवस्थापन केन्द्र ढल बोक्ने ट्याङ्क पार्किङमा ।
विराटनगर महानगरपालिका द्वारा सञ्चालनमा ल्याइएको फोहोर प्रशोधन तथा ढल व्यवस्थापन केन्द्रको प्राकृतिक पोखरी प्रणाली — फोहोरपानी प्रशोधन केन्द्रमा प्रयोग ।
फोहोर प्रशोधन तथा ढल व्यवस्थापन केन्द्रको स्थलगत अवलोकन ।
विराटनगर महानगरपालिका द्वारा सञ्चालनमा ल्याइएको फोहोर प्रशोधन तथा ढल व्यवस्थापन केन्द्रको Grit Chamber.
हावाको दिशा मापन गर्ने उपकरण ।
विराटनगर महानगरपालिकाद्वारा सञ्चालनमा ल्याइएको फोहोर प्रशोधन तथा ढल व्यवस्थापन केन्द्रमा ढलको निस्तारण प्रक्रिया अवलोकन गर्दै प्रतिनिधि टोलीहरू । प्राकृतिक पोखरी प्रणालीमार्फत ढललाई जैविक प्रक्रियाद्वारा प्रशोधन गरी सफा र सुरक्षित बनाइन्छ।
फोहोर प्रशोधन तथा ढल व्यवस्थापन केन्द्रको प्राकृतिक पोखरी
विराटनगर महानगरपालिका द्वारा सञ्चालनमा ल्याइएको फोहोर प्रशोधन तथा ढल व्यवस्थापन केन्द्रको होर्डिंग बोर्ड ।

तपाईको प्रतिक्रिया