सेयर ठगी प्रकरणमा दिपेन्द्र अग्रवाल पक्राउ

काठमाडौं  । सेयर कारोबारमा संलग्न दिपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ। उनलाई सोमबार काठमाडौंको टोखा क्षेत्रबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले जानकारी दिए।

प्रवक्ता बोहोराका अनुसार अग्रवालविरुद्ध आर्थिक ठगीको उजुरी परेपछि उनलाई नियन्त्रणमा लिइएको हो। दिनेश प्रताप शाहले अग्रवालविरुद्ध ६ करोड ४५ लाख रुपैयाँ ठगी गरेको आरोपसहित प्रहरीमा उजुरी दिएका थिए।

प्रहरीका अनुसार अग्रवालले विभिन्न व्यक्तिहरूको नाम प्रयोग गरी आपसी सेयर किनबेचमार्फत सेयरको मूल्य कृत्रिम रूपमा बढाउने र सोही मूल्यमा बिक्री गरी अन्य लगानीकर्तालाई आर्थिक क्षति पुर्‍याउने गतिविधिमा संलग्न भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

अग्रवालमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया