सौर्य एयरलाइन्सको दुर्घटनामा परेको ९एन–एएमई–सीआरजे २०० जहाजसम्बन्धी अन्तिम प्रतिवेदन सार्वजनिक

काठमाडौं । सौर्य एयरलाइन्सको दुर्घटनामा परेको ९एन–एएमई–सीआरजे २०० जहाजसम्बन्धी अन्तिम प्रतिवेदन सार्वजनिक गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आज आयोजित विशेष समारोहमा उक्त प्रतिवेदन हस्तान्तरण गरिएको हो।

दुर्घटना जाँच आयोगका अध्यक्ष तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई प्रतिवेदन हस्तान्तरण गरेका थिए।

मन्त्री पाण्डेले कुनै पूर्वधारणा वा बाह्य दबाबबिना आयोगले निष्पक्ष ढंगले तयार पारेको प्रतिवेदन आएको भन्दै मन्त्रालयले त्यसलाई पूर्ण रूपमा कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरे। साथै, मन्त्रालयले उक्त प्रतिवेदन आफ्नै वेबसाइटमार्फत सार्वजनिकसमेत गरिसकेको छ।

गत वर्ष साउन ९ गते मर्मतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा जाँदै गरेको सो जहाज पोखरा विमानस्थल नजिकै दुर्घटनामा परेको थियो। दुर्घटनामा १८ जनाको ज्यान गएको थियो भने पाइलट मनीष शाक्य भने जीवितै उद्धार गरिएको थियो।

उक्त दुर्घटनाको कारण पत्ता लगाउन सरकारले घटना भएको दिन नै आयोग गठन गरेको थियो। आयोगले विस्तृत अध्ययन, अनुसन्धान र प्राविधिक विश्लेषणपछि प्रतिवेदन तयार पारेको हो।

तपाईको प्रतिक्रिया