सुनसरीमा भिनाजुद्वारा गोली हानी सालीको हत्या, अभियुक्त फरार


काठमाडौं ।सुनसरीको हरिनगर गाउँपालिका–६ मा एक युवकले गोली प्रहार गरी आफ्नै सालीको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार भारतको पत्रहा पंचायत–१६ का २९ वर्षीय अजाद मियाँ जट सोमबार बिहान ससुराली आएर १८ वर्षीया आरसी खातुनमाथि गोली चलाएका थिए।

गोली लागेर घटनास्थलमै खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी योगराज खतिवडाले जानकारी दिए। अभियुक्त मियाँ जट हाल फरार रहेका छन् र उनको खोजी भइरहेको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए।

प्रहरीले घटनास्थलबाट पेस्तोलमा प्रयोग हुने एकथान गोलीको खोका बरामद गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया