४० किलो गाँजासहित पाँच जना पक्राउ, एक लाख २५ हजार नगद पनि बरामद


काठमाडौं — काठमाडौंको कोटेश्वरबाट ४० किलोग्राम गाँजासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङ गजुरी–४ का नीराजन चेपाङ, प्रकाश चेपाङ, शंकर चेपाङ र काठमाडौं महाराजगन्जका जीवन प्रजा तथा सुमन चेपाङ रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी अपिलराज बोहराका अनुसार, उनीहरूलाई सुननम चेपाङको डेरामा लुकाइछिपाई राखिएको गाँजा बिक्री वितरण गरिरहेको अवस्थामा पक्राउ गरिएको हो। प्रहरीले उनीहरूको साथबाट एक लाख २५ हजार रुपैयाँ नगदसमेत बरामद गरेको छ। हाल उनीहरूविरुद्ध आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया