पत्रकारलाई गाली गरेको आरोपमा एमाले नगर अध्यक्षविरुद्ध कारबाहीको माग


काठमाडौँ ।समाचारको विषयलाई लिएर नेपाल पत्रकार महासंघ, सिरहा शाखाका अध्यक्ष मनोज बनैता यादवप्रति सामाजिक सञ्जालमार्फत अशिष्ट भाषा प्रयोग गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण जनाउँदै दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेको छ।समाचारको विषयलाई लिएर नेपाल पत्रकार महासंघ, सिरहा शाखाका अध्यक्ष मनोज बनैता यादवप्रति सामाजिक सञ्जालमार्फत अशिष्ट भाषा प्रयोग गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण जनाउँदै दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेको छ।

नेकपा (एमाले) लहान नगर अध्यक्ष राजकुमार साहले लहान नगरपालिकाका उपमेयर रामचलितर महतोसँग सम्बन्धित समाचारप्रति असन्तुष्टि जनाउँदै पत्रकार यादवलाई अपशब्द प्रयोग गर्दै गालीगलौज गरेका थिए।
उक्त घटनाको विरोध गर्दै महासंघको केन्द्रीय कार्यसमितिले सार्वजनिक रूपमा घटनाको निन्दा गरेको हो।

महासंघका महासचिव रामप्रसाद दाहालले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो कार्य प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र पत्रकारको सुरक्षाविरुद्ध भएको भन्दै नगर अध्यक्ष साहलाई आवश्यक कानुनी कारबाही गर्न माग गरेका छन्।

‘व्यक्तिगत आलोचना गर्न पाइने स्वतन्त्रता अन्तर्गत समाजमा प्रतिष्ठित व्यक्तिको चरित्र हत्या हुने गरी गालीगलौज गर्नु आपराधिक गतिविधि हो,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।
महासंघले यस्तो व्यवहारले पत्रकारको मनोबल घटाउने भन्दै दोषीमाथि छानबिन गरी कानुनी प्रक्रिया अघि बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

महासंघले पत्रकारलाई सुरक्षित र भयरहित वातावरणमा काम गर्ने सुनिश्चितता दिन राज्य र राजनीतिक दलहरू जिम्मेवार बन्नुपर्ने पनि स्पष्ट पारेको छ।

तपाईको प्रतिक्रिया