रुपन्देही ३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

काठमाण्डौं । प्रतिनिधि सभा सदस्यको लागि रुपन्देही क्षेत्र नं. ३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगले सो क्षेत्रको प्रतिनिधित्व रिक्त भएपछि उपनिर्वाचनको मिति तय गरेको हो।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट निर्वाचित सांसद दीपक बोहोराको निधनपछि उक्त क्षेत्र खाली भएको थियो। आयोगले संविधान तथा प्रचलित कानुनअनुसार प्रतिनिधित्व रिक्त रहेको स्थानमा उपनिर्वाचन गर्न लागेको जनाएको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार आगामी कात्तिक १७ गते सोमबार उपनिर्वाचन गरिनेछ। आयोगले आवश्यक तयारी प्रक्रिया अघि बढाइसकेको छ।

तपाईको प्रतिक्रिया