परराष्ट्रमन्त्री आरजु राणा देउवाको इटाली र जर्मनी भ्रमण स्वीकृत

काठमाडौं, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा इटाली र जर्मनीको भ्रमणमा जान लागेकी छन्। असार ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले उनको भ्रमण स्वीकृत गरेको हो।

मन्त्री राणा यही असार १३ गतेदेखि २९ गतेसम्म इटालीको रोममा आयोजना हुने खाद्य तथा कृषि संगठन (FAO) को ४४औँ सम्मेलनमा सहभागी हुन जाँदैछिन्।

त्यसपछि उनले जर्मनीमा लगानी बोर्ड नेपालले आयोजना गर्ने लगानी प्रवर्द्धनसम्बन्धी कार्यक्रममा भाग लिने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया