नेप्से ४.४५ अंकले ओरालो, कारोबार सात अर्ब ७८ करोड नाघ्यो

काठमाडौं, साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.४५ अंकले घटेको छ। ०.१७ प्रतिशतको गिरावटसँगै नेप्से २,५९५.७४ विन्दुमा झरेको हो।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज ३०६ कम्पनीको एक करोड ९६ लाख ५० हजार २१० कित्ता सेयर किनबेच भएको छ। आजको दिन कुल कारोबार रकम सात अर्ब ७८ करोड २४ लाख २२ हजार रुपैयाँ पुगेको छ।

आज १५५ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने ९३ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ।

आज सबैभन्दा बढी कमाउने कम्पनीको सूचीमा ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड शीर्ष स्थानमा रह्यो। कम्पनीको सेयर मूल्य ९.१८ प्रतिशतले बढेर प्रतिकित्ता १,३०१.९७ रुपैयाँमा बन्द भएको छ।

त्यसैगरी, सप्तकोसी डेभलपमेन्ट बैंक को सेयर मूल्य ९ प्रतिशतले बढेर ९९५.८८ रुपैयाँमा पुगेको छ।

अन्य उल्लेखनीय वृद्धिदर भएका कम्पनीहरूमा:

  • वरुण हाइड्रोपावर – ८.९२ प्रतिशत
  • पिपुल्स हाइड्रोपावर – ७.१४ प्रतिशत
  • सुपर मादी हाइड्रोपावर – ६.८४ प्रतिशतले सेयर मूल्य बढेको छ।

आजको कारोबारमा बुटवल पावर कम्पनी अग्रस्थानमा रह्यो। कम्पनीको ६२ करोड ५२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो। यसको सेयर मूल्य प्रतिकित्ता ८४०.१० रुपैयाँमा बन्द भएको छ।

राधी हाइड्रोपावर को ३९ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै, ङादी ग्रुप, सिंगटी हाइड्रोपावर र वरुण हाइड्रोपावर समेत आज उच्च कारोबार गर्ने कम्पनीहरूको सूचीमा परेका छन्।

तपाईको प्रतिक्रिया