बढ्यो सुन–चाँदीको मूल्य: आज कति पुग्यो भाउ?

काठमाडौं, – नेपाली बजारमा आज (बिहीबार) सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले वृद्धि भई एक लाख ९२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार यो मूल्य प्रतितोला एक लाख ९२ हजार रुपैयाँमा थियो।

यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। बिहीबार चाँदी प्रतितोला २ हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन बुधबारको तुलनामा ३५ रुपैयाँले बढी हो।

अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३,३३५ अमेरिकी डलरमा कारोबार भइरहेको जानकारी प्राप्त भएको छ।

तपाईको प्रतिक्रिया