मुगुमा ट्याक्टर दुर्घटना : एकको मृत्यु, आठ घाइते

मुगु – मुगुको खत्याड गाउँपालिका–४ मा ट्याक्टर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।

दुर्घटनामा ज्यान गुमाउने व्यक्ति खत्याड–४ पैखु गाउँकी ३५ वर्षीया शारदा थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनको घटनास्थलमै मृत्यु भएको हो।

ज १ त ५११२ नम्बरको ट्याक्टर आइतबार राति ९ बजे तिर माझचौर बजारबाट बालुवा लिएर जिउका जाँदै गर्दा वडा नं. ४ को राम्रीकाद भन्ने स्थानमा अनियन्त्रित भई करिब ७ सय मिटर तल खसेको थियो।

दुर्घटनापछि प्रहरी चौकी माझचौर र इलाका प्रहरी कार्यालय रातापानीबाट टोली घटनास्थलमा पुगेको थियो। प्रहरी र स्थानीयवासीको सहयोगमा घाइतेहरूको उद्धार गरिएको हो।

उद्धार गरिएका सबै घाइतेहरूलाई तत्कालै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला लगिएको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया