सुनको भाउमा एकैदिन हजार रुपैयाँको वृद्धि, चाँदी पनि पाँच रुपैयाँले महँगियो

काठमाडौं: नेपाली बजारमा सोमबार सुनको मूल्य एकैदिनमा प्रतितोला एक हजार रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार रुपैयाँ पुगेको छ।

अघिल्लो दिन आइतबार सोही सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार रुपैयाँ थियो। यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला १ लाख ४४ हजार ४५० रुपैयाँमा निर्धारण गरिएको छ।

चाँदीको मूल्य पनि आज बढेको छ। आइतबार प्रतितोला १,९८५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ५ रुपैयाँले बढेर १,९९० रुपैयाँमा किनबेच भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा भने आज सुनको मूल्य प्रतिऔंस ३,३१८ अमेरिकी डलर पुगेको छ, जुन मूल्य उच्चस्तरको मानिन्छ।

तपाईको प्रतिक्रिया