विद्यार्थी बोकेको स्कुल बसमा आगलागी, सबै विद्यार्थी सकुशल !

रुपन्देही — रुपन्देहीको शुद्धोधन गाउँपालिका–४, फर्साटिकरमा विद्यार्थी बोकेको एक स्कुल बसमा अचानक आगलागी भएको छ। बसमा सवार करिब ४० जना विद्यार्थी भने सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

लिटिल फ्लावर बोर्डिङ स्कुलको लु.१क १३२६ नम्बरको बस रम्भापुर क्षेत्रबाट विद्यार्थी लिएर फर्साटिकरतर्फ आउँदै गर्दा आगलागी भएको हो।

प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरज कार्कीका अनुसार बस गुडिरहेका बेला इन्जिनबाट धुवाँ निस्किएको देखेपछि चालक र सहचालकले तुरुन्तै विद्यार्थीहरूलाई पछाडिको ढोका प्रयोग गरी सुरक्षितरूपमा बाहिर निकालेका थिए।

घटनामा मानवीय क्षति नभए पनि बस पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगो नियन्त्रणमा लिन दमकल प्रयोग गरिएको थियो।

तपाईको प्रतिक्रिया