लागुऔषध मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ

कपिलवस्तु प्रहरीले लागुऔषध मुद्दामा फरार रहेका प्रतिवादीलाई १० वर्षपछि पक्राउ गरेको छ।

जिल्ला अदालत कपिलवस्तुको ०७१ असार ३० गतेको फैसला अनुसार लागुऔषध मुद्दामा दुई वर्ष कैद र एक लाख जरिवाना तोकिएका कृष्णनगर नगरपालिका-३ का राजेन्द्रकुमार अग्रवाललाई प्रहरीले पक्राउ गरेको हो।

अग्रवाललाई इलाका प्रहरी कार्यालय कृष्णनगरले आइतबार कृष्णनगर नगरपालिका-३ मा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारेको जानकारी दिएको छ। उनलाई जिल्ला अदालतमा उपस्थित गराएर कैद भुक्तानका लागि जिल्ला कारागार तौलिहवामा पठाइएको बताइएको छ।

तपाईको प्रतिक्रिया