पानी बोक्ने ट्यांकरको ठक्करबाट दुई बालकको मृत्यु

बाँके : बाँके जिल्लाको डुडुवा गाउँपालिकाको बेतहनी चोकमा पानी बोक्ने ट्यांकरको ठक्करबाट दुई बालकको घटनास्थलमै मृत्यु भएको छ।यसपछि स्थानीयवासीहरू आक्रोशित भएर पानी ट्यांकरमा आगजनी गरेका छन्। प्रहरी चौकी बेतहनीमा पनि ढुंगामुढा हुन थालेको छ।घटनास्थलतर्फ बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्की आफैं पुग्नुभएको छ।

जिल्लाका निमित्त प्रहरी प्रवक्ता यमबहादुर मल्लका अनुसार आइतबार दिउँसो पानी बोक्ने ट्यांकरले दुई बालकलाई ठक्कर दिँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको थियो, र यसपछि स्थानीयहरू आक्रोशित भएका थिए।प्रहरीले चालकलाई पक्राउ गरी प्रहरी चौकी बेतहनीमा ल्याएपछि स्थानीयहरूले त्यही आएर ढुंगा हान्न सुरु गरे।स्थानीयका अनुसार घटना घटेको केही समयपछि मात्र प्रहरी घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिन सफल भएको थियो। त्यतिखेरसम्म आक्रोशित स्थानीयहरूले ट्यांकरमा आगजनी गरिसकेका थिए।

तपाईको प्रतिक्रिया