ट्र्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङको पाखापानीमा भएको ट्र्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु भएको छ।

निर्माणाधीन लुलाङ–गुर्जा सडकखण्डअन्तर्गत देउरालीदेखि लुलाङतर्फ जाँदै गरेको ग.१त ७१९६ नम्बरको ट्र्याक्टर सडकदेखि करिब १५० मिटर तल खोचमा खस्दा दुईजनाको मृत्यु भएको हो।

दुर्घटनामा लुलाङका २१ वर्षीय पूर्णलाल रसाइलीको घटनास्थलमै र १८ वर्षीय डेबिन विकको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिएका छन्।

यस दुर्घटनामा पाँच जना घाइते भएका छन्। घाइतेलाई प्राथमिक उपचारपछि थप उपचारका लागि बेनी पठाइएको छ। स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूले घाइतेको उद्धार गरेका थिए।

तपाईको प्रतिक्रिया