सुन र चाँदीको मूल्यमा गिरावट, सुन प्रतितोला १२ सयले घट्यो

काठमाडौं, – नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १,२०० रुपैयाँले घटेको छ।

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार १०० रुपैयाँ तोकिएको छ, जुन अघिल्लो दिन (सोमबार) १ लाख ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला २,३१५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १५ रुपैयाँले घटेर २,३०० रुपैयाँमा झरेको महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया