साफ यू–१९ च्याम्पियनसिप खेलेर नेपाली टिम स्वदेश फर्कियो

काठमाडौं । साफ यू–१९ च्याम्पियनसिपमा सहभागिता जनाएर नेपाली यू–१९ फुटबल टिम स्वदेश फर्किएको छ। प्रतियोगिताको सेमिफाइनलमा बंगलादेशसँग पराजित भएसँगै नेपालको यात्रा त्यहीँ टुंगिएको थियो।

समूह ‘बी’ मा रहेको नेपाल उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो। सेमिफाइनलमा बंगलादेशसँग हार बेहोरेपछि नेपाली टोली प्रतियोगिताबाट बाहिरिएको हो।

टोली मंगलबार बिहान १०:१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत काठमाडौं आइपुगेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया