रुपन्देही सडक दुर्घटनामा २ को मृत्यु, २७ घाइते

काठमाडौं । रुपन्देहीमा दुई सवारीसाधन एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ भने २७ जना घाइते भएका छन्। बुटवल–बर्दघाट सडकखण्ड अन्तर्गत गणेशनगरस्थित प्रतीक्षालय नजिक दुर्घटना भएको हो।

प्रहरीका अनुसार बुटवलबाट बर्दघाटतर्फ जाँदै गरेको माइक्रोबस र नारायणगढबाट बुटवलतर्फ आउँदै गरेको अर्को ईभी माइक्रो एकआपसमा ठोक्किँदा दुर्घटना भएको थियो।

घाइतेमध्ये दुई जनाको उपचारका क्रममा देवदह मेडिकल कलेज मा मृत्यु भएको जनाइएको छ। अन्य घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले मृतकहरूको पहिचान खुल्न बाँकी रहेको जनाएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया