भन्सार छलि नेपाल ल्याइएका सामानसहित चार भारतीय नियन्त्रणमा

महेन्द्रनगर । कञ्चनपुर प्रहरीले भारतबाट भन्सार प्रक्रिया पूरा नगरी नेपाल ल्याइएका विभिन्न सामानसहित चार भारतीय नागरिकलाई नियन्त्रणमा लिएको जनाएको छ।

जिल्लाको बेलौरी नगरपालिका–१, खल्ला क्षेत्रमा प्रहरीले करिब ५७ हजार रुपैयाँ मूल्य बराबरको तीन क्विन्टल ५० किलो तोरी तथा चार थान साइकलसहित उनीहरूलाई बिहीबार नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता टेकबहादुर रावतका अनुसार बेलौरी नगरपालिका–२, बैजुडाँडा क्षेत्रमा करिब २५ हजार रुपैयाँ बराबरका पेय पदार्थ, बिडी र बोइलर कुखुरा बेवारिसे अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार ती सामग्री पनि भारतबाट भन्सार प्रक्रिया छली नेपाल ल्याइएको आशंका गरिएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया