बुढासुब्बा गोल्डकपको अन्तिम क्वाटरफाइनलमा एनआरटी र काँकडभिट्टा भिड्दै

सुनसरी — २५ औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा आज अन्तिम क्वाटरफाइनल खेल हुँदैछ।

धरान रंगशालामा आज दिउँसो ३:१५ बजे साविक विजेता न्युरोड टिम (एनआरटी) क्लब र झापाको काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरबीच प्रतिस्पर्धा हुनेछ।

आजको खेलको विजेताले सेमिफाइनलमा भारतको युनाइटेड खर्साङ फुटबल क्लब (यूकेएफसी)सँग फाइनल स्थानको लागि बिहीबार खेल्नेछ। यसअघि हिजोको खेलमा राष्ट्रिय जागृति क्लब इटहरीलाई हराउँदै भुटानको आरटीसी फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरिसकेको छ।

आरटीसी फाइनलमा पुग्नको लागि चर्च ब्वाइजसँग बुधबार प्रतिस्पर्धा गर्नेछ। आठ टोलीको सहभागिता रहेको यो गोल्डकपको विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। फाइनल खेल शनिबार हुने तय भएको छ।

तपाईको प्रतिक्रिया