बाह्र जुवाडे पक्राउ

घोराही, ६ असोज । जिल्ला प्रहरी कार्यालय दाङले बाह्र जना जुवाडेलाई आज घोराही १४ कपासीबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले तीन थान तासको गड्डी र दुई लाख ८९ हजार १०० सहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्णहरि शर्माले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया