नेप्से परिसूचक २७५० भन्दा तल, सेयर बजारमा गिरावट कायमै

काठमाडौँ । आज पनि सेयर बजारमा गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २५.८१ अंकले घट्दै २७४४.४५ विन्दुमा झरेको हो।

बजार खुल्नेबित्तिकै ओरालो लागेको नेप्से २७५० को मनोवैज्ञानिक सीमाभन्दा तल पुगेको छ। आजको कारोबारमा २३५ कम्पनीको सेयर मूल्य घट्दा ३० कम्पनीको मात्र वृद्धि भएको छ भने ४ कम्पनी स्थिर रहेका छन्।

कुल ३५१ कम्पनीका १ करोड २१ लाखभन्दा बढी कित्ता सेयर खरिद–बिक्री हुँदा करिब ४ अर्ब ९८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

आजको बजारमा कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १३.८१ प्रतिशतले बढ्दै सर्वाधिक लाभमा रह्यो। यता कुमारी बैंकको डिबेञ्चर भने ११.४६ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रह्यो, जसको २४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। त्यसपछि पाल्पा सिमेन्ट र कर्पोरेट डेभलपमेन्ट बैंकका सेयरमा उच्च कारोबार देखिएको छ।

समूहगत सूचकमा म्युचुअल फन्ड, विकास बैंक र ट्रेडिङ समूहमा सामान्य वृद्धि भए पनि अन्य सबै समूह घटेका छन्। उत्पादनमूलक क्षेत्र सबैभन्दा बढी २.२४ प्रतिशतले ओरालो लागेको छ।

तपाईको प्रतिक्रिया