नेप्सेमा गिरावट, कारोबार रकममा भने सुधार

काठमाडौं । साताको चौथो कारोबार दिन बिहीबार नेपाली सेयर बजारमा गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १२.३६ अंकले घट्दै २७४२.११ विन्दुमा झरेको हो।

अघिल्लो कारोबार दिन बजारमा उल्लेख्य सुधार देखिएको भए पनि बिहीबार पुनः दबाबमा परेको देखिएको छ। यद्यपि, बजार घट्दा पनि कारोबार रकममा भने केही वृद्धि भएको छ।

यस दिन ३४८ वटा कम्पनीका करिब ८९ लाख ५५ हजार कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब ८९ करोड रुपैयाँभन्दा बढी पुगेको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा सामान्य वृद्धि भएको हो।

कारोबारमा सहभागी कम्पनीहरूमध्ये ७२ वटाको सेयर मूल्य बढेको थियो भने १८८ वटाको मूल्यमा गिरावट आएको छ। केही कम्पनीको मूल्य स्थिर रहँदा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट तहसम्म पुग्न सकेन।

सबैभन्दा बढी गिरावट अपर लोहोर खोला हाइड्रोपावरको सेयरमा देखिएको छ। कारोबार रकमका आधारमा भने आँखु खोला जलविद्युत कम्पनी अग्रस्थानमा रह्यो। त्यसपछि रिडी पावर, बुंगल हाइड्रो, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट तथा फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था उच्च कारोबार हुने कम्पनीमा परेका छन्।

उपसूचकतर्फ म्युचुअल फन्ड बाहेक अधिकांश समूहमा गिरावट देखिएको छ।

तपाईको प्रतिक्रिया