नेपाली सेनाका तीन सहायक रथी उपरथी दर्जामा पदोन्नत

काठमाडौं ।नेपाली सेनाका तीन सहायक रथीलाई उपरथी दर्जामा पदोन्नति गरिएको छ।

मन्त्रिपरिषद्को वैशाख १० गतेको निर्णयअनुसार प्राविधिक सहायक रथी डा. भरतबहादुर भण्डारी, सहायक रथी माधव थापा र शक्तिजङ्ग बस्नेतलाई उपरथीमा पदोन्नति गरिएको हो।

उनीहरूलाई प्रधानसेनापति अशोकराज सिग्देलले जङ्गी अड्डामा आयोजित औपचारिक समारोहमा दर्ज्यानी चिह्न प्रदान गर्नुभएको हो।

नेपाली सेनाका अनुसार कार्यक्रममा वरिष्ठ सैनिक अधिकारीहरू, अधिकृतहरू तथा पदोन्नति भएका अधिकारीका परिवारजनको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया