थाइल्यान्ड ग्लोबल छनोटमा पुग्यो, नेपाललाई युएईविरुद्ध जित्नैपर्ने दबाब

फाइल तस्बिर ।

काठमाडौं । आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा थाइल्यान्ड एक खेल बाँकी रहँदै स्थान सुरक्षित गर्न सफल भएको छ।

थाइल्यान्डले आइतबार भएको खेलमा युएईलाई ५४ रनले पराजित गर्दै ८ अंक बनाएको छ र ‘सुपर थ्री’ चरणबाट ग्लोबल छनोटमा स्थान पक्का गरेको हो।

अब बाँकी स्थानका लागि नेपाल र युएईबीच प्रतिस्पर्धा हुनेछ। नेपालले सोमबार युएईसँगको खेलमा जित हासिल गरेमा ग्लोबल छनोटमा पुग्नेछ, तर हार भएमा प्रतियोगिताबाट बाहिरिनेछ।

नेपालको हालसम्म ५ अंक छ भने युएईको ६ अंक छ। थाइल्यान्डसँगको पराजयपछि युएईको पनि अब अन्तिम खेल बाँकी रहेको छ।

थाइल्यान्ड ‘ए’ समूहको शीर्ष स्थानमा रहँदै सुपर थ्रीमा प्रवेश गरेको हो भने युएई ‘बी’ र नेपाल ‘सी’ समूह विजेता बनेका थिए।
समूह चरणमा प्राप्त अंकहरू सुपर थ्रीमा पनि समावेश हुने नियम भएकाले नेपालको अवस्था अहिले अंक तालिकाको पुछारमा रहेको छ।

तपाईको प्रतिक्रिया