थाइल्याण्डविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली महिला टोली घोषणा

फाइल तस्बिर


काठमाडौं ।थाइल्याण्डविरुद्ध हुने मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली घोषणा गरिएको छ। मुख्य प्रशिक्षक राजेन्द्र तामाङले शुक्रबार २३ सदस्यीय नेपाली टोली सार्वजनिक गरेका हुन्।

नेपालले बैंककमा दुई मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ। पहिलो खेल मे ३० मा बन्द रंगशालामा हुनेछ भने दोस्रो खेल जुन २ मा सार्वजनिक रूपमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको रूपमा आयोजना हुनेछ।

यी दुवै खेल सन् २०२६ मा अष्ट्रेलियामा आयोजना हुने एएफसी महिला एसियन कप छनोट प्रतियोगिताको तयारीस्वरूप खेल्न लागिएको हो। छनोट खेलहरू जुन ४ देखि सुरु हुनेछन्, जहाँ नेपाल समूह ‘एफ’ मा रहेको छ। समूहमा नेपालले आयोजक उज्बेकिस्तान, लाओस र श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। समूह विजेताले मात्र एएफसी महिला एसियन कप २०२६ मा स्थान बनाउनेछ।

नेपाली टोलीको सूची

गोलकिपरहरू:

  • अन्जिला तुम्बापो सुब्बा (कप्तान)
  • अञ्जना राना मगर
  • उषा नाथ

डिफेन्डरहरू:

  • अमृता जैशी
  • गीता राना
  • विमला विक
  • पूजा राना
  • निशा थोकर
  • समीक्षा घिमिरे
  • मनमाया दमाई

मिडफिल्डरहरू:

  • अनिता बस्नेत
  • विमला चौधरी
  • रेनुका नगरकोटी
  • प्रीति राई
  • सरु लिम्बु
  • सविता राना मगर
  • सरस्वती हमाल
  • सुष्मा तामाङ

फरवार्डहरू:

  • साबित्रा भण्डारी
  • रश्मी कुमारी घिसिङ
  • चन्द्रा भण्डारी
  • अनिता केसी
  • रेखा पौडेल

तपाईको प्रतिक्रिया