चन्द्रागिरीमा चक्कु प्रहार काण्ड, एक युवक मृत

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–३ थानकोट खरिबोट क्षेत्रमा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ।

प्रहरीका अनुसार महोत्तरीको गौशाला नगरपालिका–५ घर भएका अन्दाजी २०–२५ वर्षीय जाकिर मन्सुरीको गएराति मृत्यु भएको हो। घटनामा संलग्न रहेको आरोपमा उनकै आफन्त पर्ने महोत्तरी घर भई हाल खरिबोट बस्दै आएका अन्दाजी ३८ वर्षीय समि अहमदलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घरायसी विवादका क्रममा धारिलो हतियार प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। गम्भीर घाइते भएका मन्सुरीलाई उपचारका लागि सतुंगलस्थित अस्पताल लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

प्रहरीले घटनास्थलबाट प्रयोग भएको चक्कु बरामद गरेको जनाएको छ। मृतकको शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया