कांग्रेस र एमालेलाई दुईवटा गभर्नर र नोटमा चुनाव चिह्न राख्ने सुझाव

काठमाडौं । रास्वपाका सांसद हरि ढकालले कांग्रेस र माओवादी केन्द्रलाई गभर्नर नियुक्तिको विवादलाई लिएर व्यंग्यात्मक टिप्पणी गरेका छन्। उनले गभर्नर नियुक्तिमा दुई दलबीचको संघर्षलाई संकेत गर्दै दुईवटा गभर्नर नियुक्त गर्ने प्रस्ताव गरेका छन्।

सांसद ढकालले भने, “म गठबन्धन सरकारलाई भनेको छु, ३१ महिनाभित्र जे गर्नुपर्ने हो, त्यसै गर्नुहोस्। यो लडाइँ चलिरहेको छ, दुईवटा गभर्नर बनाउनुहोस्। एउटा गभर्नर बिचौलिया ह्यान्डल गर्ने होस्, अर्को नोटमा सिग्नेचर गर्ने। त्यति मात्र होइन, अर्को काम पनि गर्नुहोस्—छापिएको नोटमा चुनाव चिह्न राख्नुहोस्।”

उनले थपे, “अबको ३१ महिनामा यस्तो स्थिति आउनेछ कि नागरिकहरूले यसलाई सहन सक्ने छैनन्।”

आजको प्रतिनिधिसभाको बैठकमा सांसद ढकालले नेपालमा दलीयकरणको बढ्दो अभ्यासको आलोचना गर्दै त्यसको निन्दा गरेका छन्।

तपाईको प्रतिक्रिया