कांग्रेसका माननीयहरू देख्दिनँ त, गनर्भर खोज्न जानुभो कि प्रधानमन्त्री?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले संसद् बैठकमा नेपाली कांग्रेसका सांसदहरूको उपस्थिति न्यून देखिएपछि कटाक्ष गरेकी छन्।

प्रतिनिधिसभाको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सैद्धान्तिक छलफल अघि उनले कांग्रेस सांसदहरूको उपस्थिति न्यून भएको भन्दै टिप्पणी गरेकी हुन्।

“आज त कांग्रेसका माननीयहरू ७/८ जना मात्र देखिन्छन्। उहाँहरू गभर्नर खोज्न जानुभो कि प्रधानमन्त्री?” कार्कीले भनिन्।

संसदमा सबैभन्दा ठूलो दलको रूपमा रहेको कांग्रेसको न्यून सहभागिताले आफूलाई शंका लागेको उनले बताइन्।

तपाईको प्रतिक्रिया