कमल थापासहित ६ जना राजावादी प्रदर्शनकारी पक्राउ

This image has an empty alt attribute; its file name is kamal-thapa-.jpg

काठमाडौं, – काठमाडौंको नारायणचौर क्षेत्रमा आयोजित राजसंस्थाप्रति समर्थन जनाउने प्रदर्शनका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापासहित ६ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। निषेधित क्षेत्र उल्लङ्घन प्रयासपछि उनीहरूलाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता अपीलराज बोहोराका अनुसार पक्राउ पर्ने अन्य व्यक्तिहरूमा शिला राणा, राकेश बस्नेत, विनोद कपाली, रामचन्द्र लामिछाने र सरोज तिमल्सिना रहेका छन्।

यस घटनापछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रहरी प्रशासनले शान्तिपूर्ण आन्दोलनमा दमन गरेको आरोप लगाएका छन्। अध्यक्ष थापालाई ससम्मान रिहा नगरिए आगामी सोमबारदेखि थप सशक्त आन्दोलनको घोषणा गर्ने चेतावनी उनले दिएका छन्। “हामी शालीन तरिकाले अघि बढिरहेका छौं, यसलाई कमजोरी नठानियोस्,” उनले भने, “अब देशभर ५० स्थानबाट एकैसाथ प्रदर्शन गरिनेछ।”

संयुक्त जनआन्दोलन परिचालन समितिको अगुवाइमा जेठ १५ गतेदेखि राजसंस्था पुनःस्थापना र हिन्दू राज्यको मागसहित चरणबद्ध आन्दोलन जारी छ। आन्दोलनकारीहरूका अनुसार उनीहरूको मुख्य माग पूरा नभएसम्म आन्दोलन जारी रहनेछ।

तपाईको प्रतिक्रिया