फिफा क्लब विश्वकप २०२५ : क्वार्टरफाइनलमा स्थान बनाउने आठ टोली सार्वजनिक

काठमाडौं — अमेरिकाका विभिन्न सहरमा जारी फिफा क्लब विश्वकप २०२५ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ। बुधबार राति र बिहीबार बिहान सम्पन्न खेलहरूसँगै अन्तिम आठ टोलीको टुंगो लागेको हो।

स्पेनिस क्लब रियाल मड्रिडले इटालियन क्लब युभेन्ट्समाथि १–० को जित निकाल्दा, जर्मन क्लब बोरुसिया डर्टमन्डले मेक्सिकोको मोन्टेरीलाई २–१ ले पराजित गर्‍यो।

यो जितसँगै अन्तिम–८ मा ब्राजिल र जर्मनीबाट समान दुई टोलीले स्थान बनाएका छन्। यस्तै स्पेन, इंग्ल्यान्ड, फ्रान्स र साउदी अरेबियाबाट एक–एक टोली क्वार्टरफाइनलमा पुगेका छन्।

क्वार्टरफाइनलमा स्थान बनाउने टोलीहरू:

  • स्पेन: रियाल मड्रिड
  • जर्मनी: बायर्न म्युनिख, बोरुसिया डर्टमन्ड
  • ब्राजिल: फ्लुमिनेन्स, पाल्मेरस
  • इंग्ल्यान्ड: चेल्सी
  • फ्रान्स: पेरिस सेन्ट जर्मन (पीएसजी)
  • साउदी अरेबिया: अल–हिलाल

क्वार्टरफाइनल खेलको समीकरण यस प्रकार छ:

  • फ्लुमिनेन्स बनाम अल–हिलाल
  • पाल्मेरस बनाम चेल्सी
  • पीएसजी बनाम बायर्न म्युनिख
  • रियाल मड्रिड बनाम बोरुसिया डर्टमन्ड

क्वार्टरफाइनल खेलहरू आगामी शनिबार र आइतबार (स्थानीय समय अनुसार) सञ्चालन हुने तय भएको छ। सेमिफाइनलमा स्थान बनाउने टोलीहरू यिनै खेलहरूको नतिजामा आधारित हुनेछन्।

तपाईको प्रतिक्रिया