कीर्तिपुर क्रिकेट रंगशालाको गुरुयोजना स्वीकृत

काठमाडौं — सरकारले कीर्तिपुरस्थित क्रिकेट रंगशालाको गुरुयोजना स्वीकृत गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रंगशालालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना घोषणा गर्दै गुरुयोजना अनुसार बाँकी निर्माण कार्य अगाडि बढाउन स्वीकृति दिएको हो।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले बैठकपछि जानकारी दिँदै भने, “त्रिभुवन विश्वविद्यालय परिसरभित्र अवस्थित कीर्तिपुर क्रिकेट रंगशालाको गुरुयोजना स्वीकृत गरी उक्त आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना घोषित गरिएको छ। साथै, गुरुयोजनाअनुसार बाँकी निर्माण कार्यका लागि बोलपत्र आह्वान गरी खरिद प्रक्रिया अघि बढाउन स्वीकृति प्रदान गरिएको छ।”

यस निर्णयसँगै कीर्तिपुर रंगशालाको पूर्वनिर्धारित विकास कार्यलाई तीव्रता दिने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया