एसियन कपको यात्रामा ब्रेक, नेपाली महिला टिम भोलि बिहान स्वदेश फर्किंदै

काठमाडौं । एएफसी महिला एसियन कप छनोट खेल सकेर नेपाली राष्ट्रिय महिला फुटबल टिम भोलि (सोमबार) बिहान स्वदेश फर्किने भएको छ। उज्वेकिस्तानमा सम्पन्न छनोट खेलमा सहभागिता जनाएर टिम सोमबार बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ।

नेपाल समूह ‘एफ’ मा प्रतिस्पर्धा गर्दै तीन खेल खेलेको थियो। पहिलो खेलमा लाओसलाई ९–० र दोस्रो खेलमा श्रीलंकालाई ८–० ले पराजित गर्दै प्रभावशाली सुरुवात गरेको नेपाली टिम अन्तिम खेलमा भने घरेलु टिम उज्वेकिस्तानसँग पराजित हुन पुग्यो।

निर्धारित ९० मिनेटमा ३–३ को बराबरीपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो, जहाँ नेपाल ४–२ ले पराजित भयो। यस हारसँगै नेपालको एसियन कपमा खेल्ने सम्भावना समाप्त भएको हो।

तपाईको प्रतिक्रिया