विपद् जोखिम न्यूनीकरण र ब्यवस्थापनमा संचार टेलिभिजन कार्यक्रमः टक अफ दि टाउन, एउटा सार्थक प्रयास

विपद् जोखिम न्यूनीकरण र ब्यवस्थापनमा संचार टेलिभिजन कार्यक्रमः टक अफ दि टाउन, एउटा सार्थक प्रयास
नेपाल बहुप्रकोप भएको मुलुक । बर्खामा बाढी पहिरोको जोखिम । हिउँदमा शितलहरको जोखिम । गर्मीमा आगलागीको जोखिम । भुइचालेको जोखिम त जहिले पनि । जोखिम नै जोखिमसंग जुधिरहेको छ नेपाल । जसको पछिल्लो उदाहरण सन् २०१५ को महाविनासकारी भुइचालो हो । त्यसबेला ९ हजार भन्दा बढिको मृत्यु भएको थियो भने...

कालीगण्डकी-तिनाउ डाइभर्शन: आवश्यकता हो कि राजनीतिक स्वार्थ

कालीगण्डकी-तिनाउ डाइभर्शनबारे अहिले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका दुई प्रभावशाली नेताहरूले परस्परविरोधी कुरा गरिरहेका छन्। कालीगण्डकी नदीको पानीलाई झन्डै २५ किलोमिटरभन्दा केही लामो सुरुङमार्फत् तिनाउ नदीमा मोडेर रूपन्देही र कपिलवस्तुमा सिँचाइ गर्ने यस योजनाको मुख्य लक्ष्य हो। यस परियोजनालाई सत्तारूढ नेकपाका महासचिव रहेका सांसद विष्णु पौडेल 'अत्यावश्यक' भन्दै 'जसरी पनि गराई छाड्ने'...

विपद् ब्यवस्थापनलाई उच्च महत्व दिँदै नेपाल प्रहरी र सशस्त्र प्रहरी

विपद् ब्यवस्थापनलाई उच्च महत्व दिँदै नेपाल प्रहरी र सशस्त्र प्रहरी
नेपाल लुक संवाददाता नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानीरिक्षकहरुले विपद् ब्यवस्थापनका सबै क्रियाकलापको समन्वयात्मक र प्रभावकारी ब्यवस्थापनमा थप सक्रिय भएर लाग्ने वताएका छन् । ईमेज च्यानलबाट प्रसारण हुने कार्यक्रम टक अफ दि टाउनका लागि जगदीश खरेलसँगको कुराकानीमा नेपाल प्रहरीका महानीरिक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी बलका महानीरिक्षक शैलेन्द्र...

मिर्गाैलापीडितको उपचारका लागि पाँच लाख सहयोग

मिर्गाैलापीडितको उपचारका लागि पाँच लाख सहयोग
म्याग्दी २२ असोज । मङ्गला गाउँपालिका–५ नेटाका मिर्गाैलापीडित सुरेश छन्त्यालको उपचारका लागि कुवेतबाट आइतबार रु पाँच लाखभन्दा बढी सहयोग प्राप्त भएको छ । दुवै मिर्गाैलाले काम गर्न नसक्ने भएपछि थलिएका १९ वर्षीय सुरेशको उपचारका लागि प्रवासी म्याग्देली नेपाली सङ्घ (मोना) कुवेतको पहलमा रु पाँच लाख पाँच हजार २१० सहयोग जुटेको...

पाठेघरको सफल शल्यक्रिया

पाठेघरको सफल शल्यक्रिया
नवलपरासी, २१ असोज । पश्चिम नवलपरासी जिल्लाको परासीस्थित जिल्ला पृथ्वी चन्द्र अस्पतालमा पहिलो पटक महिलाको पाठेघरको सफल शल्यक्रिया गरिएको छ । जिल्ला अस्पतालबाटै पाठेघरको शल्यक्रिया (अप्रेसन) सेवासमेत सञ्चालन भएको प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा अनन्त शर्माले जानकारी दिनुभयो । केही दिनअघि ४० वर्षीया सुभावतीदेवी थारूको शल्यक्रिया गरी पाठेघर झिकिएको अस्पतालले जनाएको...

दुई लाखको विभिन्न कपडा र पटाका बरामद

दुई लाखको विभिन्न कपडा र पटाका बरामद
गौशाला, २१ असोज । भन्सार छली भारतबाट अवैध रूपमा लुकाइछिपाइ ल्याएको रु दुई लाखको विभिन्न लत्ताकपडा र पटाका शनिबार महोत्तरी प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार महोत्तरी प्रहरीले चाडपर्वलाई लक्षित गरी भन्सार नाकामा कडा चेकजाँच गरिरहेको बेला अवैध रूपमा भारतबाट...

मोबाइल फोनबाट रक्त सेवा शुरु

मोबाइल फोनबाट रक्त सेवा शुरु
रोल्पा, २१ असोज । समयमा रगत नपाउँदा मृत्युवरण गर्न बाध्य रोल्पाका बिरामीका लागि तत्काल रक्त सेवा उपलब्ध गराउने उद्धेश्यका साथ जिल्लामा “ब्लड फर रोल्पा” मोवाइल अप्लीकेशनको सुरुवात गरिएको छ । रोल्पाका युवाको सक्रियतामा ‘ब्लड फर मोबाइल एप’ शुरु गरिएको हो । जिल्लामा ब्लड बैंक नहँुदा अप्रेशनको समयमा चाहिने रगत खोज्न...

पर्यटन तथा व्यापार मेला हुने

पर्यटन तथा व्यापार मेला हुने
कञ्चनपुर, २१ असोज । कञ्चनपुरको पुरानो सदरमुकाम बेलौरीमा प्रथम बेलौरी पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेलाको आयोजना हुने भएको छ । ‘कृषि पर्यटन उद्योग र व्यापार समृद्धि बेलौरीको आधार’ भन्ने नारासहित बेलौरी उद्योग वाणिज्य सङ्घले मेलाको आयोजना गर्न लागेको हो । कात्तिक ८ देखि १८ गतेसम्म आयोजना हुने मेलामा...

बाह्र जुवाडे पक्राउ

बाह्र जुवाडे पक्राउ
घोराही, ६ असोज । जिल्ला प्रहरी कार्यालय दाङले बाह्र जना जुवाडेलाई आज घोराही १४ कपासीबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले तीन थान तासको गड्डी र दुई लाख ८९ हजार १०० सहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्णहरि शर्माले जानकारी दिनुभयो । ...

काजकिरिया भइसकेका ‘जीवन’ जीवितै भेटिए

काजकिरिया भइसकेका ‘जीवन’ जीवितै भेटिए
पोखरा, ५ असोज । झट्ट सुन्दा अचम्म लाग्न सक्छ, भूकम्पका कारण मरेको भनी आफन्तले काजकिरिया गरिसकेका अछामका जीवन बूढा पोखरामा भेटिनु भएको छ । अछामको विनायक पञ्चदेवल नगरपालिका–५ का १९ वर्षीय जीवन बूढा तीन वर्षअघि काठमाडौँमा रहेको अवस्थामा भूकम्पमा परेर मृत्यु भएको भनी उहाँको काजकिरिया गरिएको थियो । विसं २०७२...